पोखरा, १३ कात्तिक ।
स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सञ्चालित लाफा इन्भेष्टमेन्ट लिमिटेडले पोखरामा शनिबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुनमगरले कार्यपत्र प्रस्तुत गर्दै नेपालीहरूले विदेशमा कमाएको पैसालाई स्वदेशमा लगानी गर्नका लागि कम्पनीको स्थापना गरिएको जानकारी दिनुभयो ।
कम्पनीका लेखा अधिकृत सिए जनक थापामगरले कम्पनीले आफ्नो हरहिसाब पारदर्शी रुपमा राखेको जनाउँदै लगानीकर्ताको लगानीको सुरक्षाका लागि कम्पनीले विशेष ध्यान दिएको बताउनुभयो । कम्पनीका सञ्चालक समिति सदस्य एवं अधिवक्ता रक्षा रैकामगरले कम्पनी ऐन अनुसार कम्पनीको स्थापना भएको बताउँदै कम्पनीलाई प्रणालीगत हिसाबले अघि बढाउन खोजिएको बताउनुभयो ।
कम्पनीका अध्यक्ष चन्द्रज्योति आलेमगरले विदेशमा कमाएको पैसालाई स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने र मुनाफा आर्जन गर्न कम्पनीको स्थापना गरिएको बताउँदै कम्पनीमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । सो अवसरमा पोखराका प्रतिष्ठित व्यवसायी पोखरा लाइभस्टक प्रालिका प्रबन्ध निर्देशक छ्याम थापामगर, रियल स्टेट व्यवसायी निरबहादुर रानामगर, मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुम आलेमगर, लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पूर्णबहादुर रानामगर, ई. मनबहादुर श्रीसमगर, टाइगर्स ट्राभल्स एण्ड टुर्स प्रालिका पोखरा शाखा प्रबन्धक गोविन्द पुनमगर, सारु कृषि फार्मका सञ्चालक प्रज्ज्वल सारुमगरलगायतले विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए ।
लाफा इन्भेष्टमेन्ट लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य रक्षा रैकामगरले गर्नुभएको थियो ।
Lapha Group
myagdi (5)
myagdi (4)
myagdi (3)
myagdi (2)
myagdi (1)
pokhara interaction (8)
pokhara interaction (7)
Pokhara interaction (5)
Pokhara interaction (4)
Pokhara interaction (3)
Pokhara interaction (1)
Pokhara interaction (2)