दुईसय मजदुर परिवारलाई लाफा ग्रुपद्वारा राहत वितरण

कोभिड १९ महामारीको कारण लकडाउन मा परी समस्या भोगिरहेका २ सय भन्दा बढी मजदुरका परिवारलाई लाफा ग्रुप लिमिटेडले राहत वितरण गरेको छ ।

कम्पनी तथा कम्पनीका शेयर सदस्यहरूबाट संयुक्त रुपमा संकलित राहत सामग्री दाल, चामल, नुन, तेललगायत खाद्यान्न गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, म्याग्दी, गोरखा, धादिङ, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, उदयपुर, धनुषा, धनकुटा, मोरङ आदि विभिन्न जिल्लाका समस्यामा परेका मजदुरका परिवारलाई वितरण गरिएको हो ।

राहतका लागि सहयोग गर्नेहरूमा कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेसहित शेयर सदस्यहरू जंगबहादुर पुलामी, खड्गबहादुर थापा, रक्षबहादुर रैका, मनमाया थापा, भीमप्रसाद रोकाय, लंकमान रोका, डा। मीन श्रीस, सरिता थापा, दलु पुन, समिता बराल, सुशीला थापा, तिलु आले, सुमन आले, जनक थापा, जयराम लुइँटेल, नरबहादुर पुन , उषा मगर, दानबहादुर थापा, सीता थापा, हेमप्रकाश थापा, भीम थापा रहनु भएको छ ।

त्यसैगरी सहयोग गर्नु हुनेहरुमा सागर आले, निर आले, निखिता थापा, सृजना आले, तुल घर्ती, प्रसाद खप्तरी र प्रिती आले रहनु भएको छ।

लाफा होलिडेज प्रा.लि. को विधिवत शुरुआत

माउ संस्था (Parent Company) लाफा ग्रुप लिमिटेड (Lapha Group Ltd) का सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य वरिष्ठ उद्योगी श्री लंकमान रोका मगर ज्यू ले उद्घाटन गर्नु भएसंगै लाफा होलिडेज प्रा.लि. ले सहायक कम्पनी को रुपमा औपचारिकता पाएको हो ।  मन्तब्यको क्रममा नेपाल लगानीका हिसाबले उर्वर भूमि भएको भन्दै लाफा ग्रुप कम्पनीले आफूलाई विश्वसनीय एवं अग्रणी लगानीकर्ताका रुपमा स्थापित गर्नुपर्नेमा सुझाव दिनुका साथै  विशेषगरी  उत्पादनमूलक क्षेत्रमा लगानी गर्न  जोड दिनु भयो । उक्त कार्यक्रम लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेको अध्यक्षतामा सम्पन्न भएको थियो । यस कम्पनीमा लाफा ग्रुप लिमिटेडको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहने छ ।

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा मुख्य कार्यालय रहने लाफा होलिडेज प्रालिमा लाफा ग्रुप लिमिटेड र सर्वसाधारणका तर्फबाट लाफा होलिडेजका अध्यक्ष जीवन थापामगरसहित नवीन थापामगर (जापान), नेत्र पहराई (हङकङ), नीता थापा (हङकङ), सुशीला थापा (दक्षिण कोरिया), समिता बराल र लालबहादुर आले (सिंगापुर)ले लगानी गर्नुभएको छ ।

 

लाफा ग्रुप लिमिटेडको प्रथम साधारण सभा सम्पन्न

vice pre
elected
mass (3)
previous arrow
next arrow

 

“आर्थिक सम्वृद्धि अहिलेको आवस्यकता, एकता र ईमान्दारिता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा का साथ यही मिति २०७५ साल कार्तिक ११ गते काठमाण्डौमा लाफा ग्रुप लिमिटेड को प्रथम साधारण सभा सम्मपन्न भएको छ ।
नेपालका सम्माननीय उपराष्ट्रपती नन्द बहादुर पुन ज्यूले उदघाटन गर्नु भएको साधारण सभामा उपस्थित शेयर धनीहरु लाई सम्माननीय उपराष्ट्रपती, माननीय पर्यटन राज्यमन्त्री धन बहादुर बुढा मगर, प्रतिनीधि सभाका माननीय सांसद जयपुरी घर्ती मगर, प्रदेश नं. ३ का माननीय सांसद रमा आले मगर, नेपाल प्रहरीका पूर्व आइजिपी कुवेर सिंह राना मगर, चार्टर्ड एकाउन्टेण्ट निल सारु मगर, सल्लाहकार लंकमान रोका मगर आदि ले सम्बोधन सहित शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । समुद्धाटन समारोह कम्पनी का अध्यक्ष हिरा माया आले मगरको अध्यक्षता, कम्पनीका सदस्य ज्ञानेन्द्र पुन मगरको स्वागत मन्तव्य र कम्पनीका सदस्य रक्ष बहादुर रैका मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारण सभाको दोस्रो चरणमा सञ्चालन भएको बन्दसत्रमा कम्पनीको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना अध्यक्षको तर्फबाट सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुन मगरले पेश गर्नु भएको थियो । आर्थिक प्रतिवेदन (अडिट रिपोर्ट) चार्टर्ड एकाउन्टेण्टहरु निल सारु मगर र जनक थापा मगरले प्रस्तुत गर्न भएको थियो भने कम्पनीको प्रबन्धपत्र नियमावली संशोधन मस्यौदा सञ्चालक समिति सदस्य ज्ञानेन्द्र पुन मगरले प्रस्तुत गर्नु भएको थियो । तीनवटै प्रतिवेदन उपर छलफल  हुँदा  आएका जिज्ञासा र प्रश्नहरुको जवाफ सञ्चालक समिति सदस्य रक्ष बहादुर रैका मगरले दिनुभएको थियो । बन्दसत्रको अध्यक्षता कम्पनीका अध्यक्ष हिरामाया आले र सञ्चालन रक्ष बहादुर रैका मगर र हिरुसरा राना मगरले गर्नु भएको थियो ।
प्रतिवेदनमाथि छलफल अनि पारित पश्चात निर्वाचन अधिकृतले नयाँ  सञ्चालक समिति निर्वाचन प्रकृया शुरु गर्नु भएको थियो । साधारण सभाले क्रमशः अध्यक्ष र सदस्यहरु रहने गरी हिरामाया आले, जंग बहादुर थापा, रक्ष बहादुर रैका मगर, भीम रोकाया मगर, मनमाया थापा र गुप्त राना मगरलाई नयाँ सञ्चालक समितिमा निर्वाचित गरेको थियो । अन्त्यमा नवनिर्वाचित सञ्चालक समिति लाई सबैले वधाई दिनुभएको थियो । सञ्चालक समिति अध्यक्षले लाफा ग्रुप लिमिटेडलाई यहाँ सम्म ल्याउन क्रियाशिल हुनुहुने निवर्तमान सञ्चालक समिति, सल्लाहकारहरु, शेयरधनीहरु, सहयोगी तथा शुभचिन्तक सबैलाई धन्यवाद सहित समापन गर्नु भएको थियो । यसैबीच, कम्पनीले   आफ्ना शेयर धनीहरुलाई २०% लाभांस वितरण गरेको थियो  ।