अभिमुखीकरण तथा बजार विस्तार योजना अनुसार लाफा इन्भेष्टमेण्ट लि.ले विदेशमा कतार, कुवेतपछि हंगकंगमा पनि “वृहत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ I “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ डिसेम्बर, २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट लिमिटेडको भेटघाट तथा अन्तर्कृया कार्यक्रम हंगकंगको जोर्डन स्थित किराँत याक्थुंग चुम्लुंग को सभा हलमा भब्य रुपमा सम्पन्न भएको छ । कम्पनीका वोर्ड सदस्य तथा हंगकंग संयोजक जंग बहादुर थापा मगरकोे सभापतित्व रहेको उक्त कार्यक्रम संस्थापक सदस्य बसन्त श्रीनेटले संचालन गर्नु भएको थियो I
प्रमुख वक्ताको रुपमा रहनु भएका बोर्ड सदस्य तथा कानुनी मामिला प्रमुख अधिवक्ता रक्षा ब. रैका मगरले कम्पनीको अवधारणा तथा लक्ष, कानूनी प्रावधान तय अहिलेसम्म गरिएका प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने आर्थिक सल्लाहकार तथा अडिटर जनक थापाले अहिलेसम्म को आर्थिक प्रगति विवरण, कम्पनीको समुच्च आर्थिक अवस्था तथा लाफा भिलेजको अनुमानित आम्दानी, लागत तथा मुनाफा विवरण प्रस्तुत गर्नु भएको थियो I पत्रकार तथा ए बी सी च्यानलका पश्चिमांचल व्युरो प्रमुख एम. बी. आस्था मगर ले प्रदेश ४ मा लाफा इन्भेस्टमेन्टले संचालन गर्न सक्ने सम्भावित परियोजनाहरु को चर्चा गर्नु भएको थियो I राजनीतिक, सामाजिक तथा ब्यबसायिक आदि विभिन्न क्षेत्रमा संलग्न व्यक्तिव हरु को उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले सकारात्मक जिज्ञासा राखेका थिए I ५० भन्दा बढीले एक लाखदेखि पाँच लाखसम्मको शेयर खरिद गर्ने प्रतिबद्धता व्यक्तगरी फारम भरिसक्नु भएको छ भने धेरै जना उत्साहित हुँदै निकट भविष्यमा शेयर को लागि आवेदन दिने बताउनु भएको छ I
अन्तमा, सभापति थापाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिंदै लाफा कम्पनि र ब्यक्तिगत तर्फबाट आभार प्रकट गर्नु भएको थियो ।