अभिमुखीकरण तथा बजार विस्तार योजना अनुसार लाफा इन्भेष्टमेण्ट लि.ले पोखरा, धरान, इटहरी. म्याग्दी, सुर्खेत आदि विभिन्न स्थानहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ I यसै शिलशिलामा विदेशको पहिलो कार्यक्रम कतारमा सम्पन्न भएको छ “आर्थिक समृद्धि अहिलेको आबश्यकता, एकता र इमानदारीता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथमा गत २४ नोभेम्वर २०१७ का दिन लाफा इन्भेस्ट्मेन्ट लिमिटेडको भेटघाट तथा अन्तर्कृया कार्यक्रम दोहा स्थित नज्मा को गोर्खा रेष्टुरेण्ट सभा हलमा भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम लाफा इन्भेस्ट्मेन्ट लि. शाखा कतारका संयोजक महेन्द्र थापा मगरकोे सभापतित्व तथा कम्पनीका बोर्ड अध्यक्ष चन्द्रज्योती आले मगरको प्रमुख आतिथ्यमा भएको थियो ।
विशिष्ट अतिथिहरुमा बोर्ड सदस्य तथा कानुनी मामिला प्रमुख अधिवक्ता रक्षा ब. रैका मगर र नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर ब. रोका मगर हुनुहुन्थ्यो भने अतिथिहरुमा तनहुँ सेवा समाज, कतारका अध्यक्ष केश गुर्मछान मगर, कास्की आर्दश सेवा समाज, कतारका अध्यक्ष मन प्रसाद राना मगर र सद्भाव युवा समाज, कतारमा महासचिव नरजन रानामगर हुनुहुन्थ्यो । विहान ११ बजे सुरु भयको कार्यक्रममा कतारका ब्यापारि ब्यबसायि, सामाजिक अभियान्ता, लगायत कतारवासी मगर तथा गैर मगरहरुले हल खचाखच भरिएको थियो । लाफाको संस्थापक सदस्य मन कुमार रोकिम मगरले आगन्तुक पाहुनाहरुलाई कार्यक्रम को वारेमा प्रष्टाउँदै स्वागत मन्तब्यवाट स्वागत गर्नु भएको थियो भने कार्यक्रम संयोजक रविन थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
कम्पनीको बोर्ड सदस्य तथा कानुनी मामिला प्रमुख अधिवक्ता रक्षा ब. रैका मगरवाट लाफा कम्पनी के हो ? किन स्थापना भयो ? यो कसरी संचालन भैरहेको छ ? र यस कम्पनीको महत्व के छ भन्ने बारेमा अबधारणा प्रस्तुत गर्नुका साथै बिदेशमा बस्ने नेपालीले किन लगानी गर्ने भन्ने रेमा प्रष्टाउनु भएको थियो । उहाँहरुले सहभागिहरुबाट लाफाको वारेमा गरिएका प्रश्नहरुको जवाफ दिनु भएको थियो I कम्पनीको अबधारणा मन पराएर सहभागी मध्ये १०० जना भन्दा बढीले कार्यक्रम स्थलमै शेयर खरिद गर्ने प्रतिबद्धताका साथमा शेयर सदस्यता फारम भर्नु भएको थियो भने कारणबश उपस्थित हुन नसक्नु भएकाहरुले फारममा आफ्नो नाम दर्ता गराउनु भएको थियो । उक्त दिनमा शेयर खरिद गर्नु हुने नयाँ शेयर धनीहरुलाई कम्पनिका अध्यक्षवाट धन्यवाद सहित खादा ओढाएर हार्दिक स्वागत गर्नु भएको थियो ।
अन्तमा, सभापति महेन्द्र थापा मगरले कार्यक्रममा उपस्थित भएर आफ्ना जिज्ञासाहरु राखेर कम्पनिका लागि अमुल्य सल्लाह सुझाव दिनु भएकोमा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिनु हुने कतारका सम्पूर्ण संस्थापक सदस्यहरुमा लाफा कम्पनि र ब्यक्तिगत तर्फबाट आभार प्रकट गर्नु भएको थियो ।