लाफा ग्रुप लिमिटेडको सातौं वार्षिक साधारणसभा पुस २० गते

लाफा ग्रुप लिमिटेडको सातौं वार्षिक साधारणसभा आगामी पुस २० गते हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १, नक्सालस्थित लीसरा रिसेप्सनमा लाफा ग्रुपको वार्षिक साधारणसभा हुने भएको हो ।

साधारणसभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल हुने कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो । लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०÷०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण एवं कम्पनीको भावी योजनाबारे छलफल हुने अध्यक्ष आलेले बताउनुभयो । साथै, साधारणसभाले आर्थिक वर्ष २०८१÷०८२ को लागि लेखा परीक्षक नियुक्तिका साथै, पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *